सुन तस्करीमा नेतालाई दोष लगाउन नमिल्ने, कर्मचारी नै प्रमुख दोषी हुन्ः वामदेव गौतम

Advertisement

काठमाडौं । पूर्वगृहमन्त्री वामदेव गौतमले सुन तस्करीमा कर्मचारीहरु नै दोषी रहेको जिकिर गरेका छन् । गृहमन्त्री हुँदा ठूलो मात्रामा सुन तस्करी गर्ने गरेको आरोप खेप्दै आएका उनले यस्तो तस्करीमा कर्मचारीमाथि दोष थोपरेका हुन् । 

शनिवार आयोजित एक कार्यक्रममा गौतमले सुन तस्करीमा जाँच पडताल गर्दै जाँदा लहरो तान्दा पहरो गर्जने बाहेकका अनियमिततामा राजनीतिक व्यक्तिहरुको संलग्नता हुन नसक्ने बताए । 

Advertisement

उनले सुन तस्करी प्रकरणमा मन्त्री र प्रधानमन्त्री भन्दा पनि मुख्य दोषी कार्यस्थलमा खटिएका कर्मचारी हुने बताए । गौतमले सुन तस्करले सबैतिर सेटिङ मिलाएर ल्याएकाले नै विमानस्थलमा पक्राउ नपरेको बताए । उनले राजश्व अनुसन्धान, नेपाल प्रहरी र भन्सारलाई यसबारेमा पहिला नै जानकारी रहेको बताए ।

गौतमले भने, ‘सुन तस्करीमा जाँच पडताल गर्दै जाँदा लहरो तान्दा पहरो गर्जने जस्ता हाम्रा उखान छन्, त्यस्तो भएमात्रै मन्त्री, प्रधानमन्त्री मुसिन सक्छन् नत्र त्यहाँ खटेका कर्मचारी नै मुख्य दोषी हुन्छन् । सुन आओस् की अरु विषय आउन् त्यसमा सिधै मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति जोडिने हुँदैन । सुन कुन ठाउँबाट आयो ? हङकङबाट आयो, त्यो जत्तिको सुरक्षित ठाउँ अन्त छैन, त्यहाँ कस्तो जालो रहेछ, अब यहाँ पनि केही जालो देखापरेको छ, विभिन्न समयमा देखिएको छ । तस्करीको सुन धेरै ठाउँमा छानबिन हुन्छ, त्यसैले सबै सेटिङ मिलाएर ल्याएको हो, भन्सार पनि छलेर बाहिर गइसकेको थियो, यस पटक पनि सबै मिलाएको रहेछ । राजश्व अनुसन्धानले थाहा पाएर । नेपाल प्रहरी, भन्सार, राजश्व अनुसन्धान सबैलाई पहिला नै सुन आउँदै भन्ने थाहा थियो । नेपालका व्यापारीले तस्करीको सुन प्रयोग गर्दैनन् । बाहिर नै जान्छ ।’

नेता गौतमले सुन तस्कर हुनका लागि राजनीतिक संलग्नता हुनु नपर्ने र यस प्रकरणमा पनि राजनीतिक संलग्नता नरहेको जिकिर गरे ।

Advertisement

Advertisement