बैंकहरुको तरलता अनुगमनमा ईसीबीले कडाइ गर्ने

Advertisement

बर्लिन । युरोपेली केन्द्रीय बैंक (ईसीबी) ले वित्तीय संकटको भविष्यको जोखिम कम गर्न युरो क्षेत्रमा बैंकहरूको तरलताको अधिक निगरानी गर्न चाहेको शनिबार घोषणा गरेको छ । 

“हामीले बैंकहरूलाई सेप्टेम्बरमा साप्ताहिक आधारमा जानकारीको लागि अनुरोध पठाउने निर्णय गरेका छौँ । हामीलाई तरलता वृद्धिको पछिल्ला धेरै तथ्याङ्क पाउन र राम्रो निगरानी गर्न अनुमति दिनको अनुरोध भएअनुसार यूरो क्षेत्रमा तरलताबारे अनुगमन अनुगमन लागि अभियान शुरू गरिएको हो,” यूरोपमा बैंकहरूको पर्यवेक्षणका लागि प्रभावकारी निकायका अध्यक्षले भने ।  

Advertisement

एन्ड्रिया एनरियाले इसीबीको वेवसाइटमार्फत् जारी जानकारीमा भने, “बैंकहरूले हामीलाई मासिक रुपमा पठाउने तरलतासम्बन्धी सूचना नियमितरूपमा पठाउनु पर्नेछ ।” यस तथ्याङ्कमा बैंकको खातामा तरलताको परिपक्वता र ईसीबीसँग पुनरकर्जा लेनदेन जस्ता विवरणहरू समावेश हुनुपर्नेछ । 

मार्चमा संयुक्त राज्य अमेरिकामा क्रेडिट सुइसको पतनपछि क्षेत्रीय बैंकहरूको आर्थिक सङ्कट आएको र यसले विश्वव्यापी वित्तीय सङ्कटको डरलाई उजागर गरेको थियो । 

यस क्षेत्रको नियामक युरोपियन बैंकिङ अथोरिटी (एबीई) ले जुनमा गरेको सिफारिसअनुसार यो कदम चालिएको हो ।

सन् २००८ को वित्तीय सङ्कटको पुनरावृत्ति हुन नदिन यूरोपेली संघले यसै बर्षको जुनको अन्त्यमा बैंकहरूमा नयाँ कडा नियमहरू अपनाएको थियो । रासस÷एएफपी

Advertisement

Advertisement