काठमाडौं महानगरले कक्षा ११ को छात्रवृत्तिको लागि आवेदन दिने म्याद तीन दिन थप्यो

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति परीक्षाको फाराम भर्ने म्याद तीन दिन थप गरेको छ । 

छात्रवृत्ति परीक्षाका फाराम भर्न छुटेका केही विद्यार्थीहरुलाई मौका दिन भन्दै म्याद थप गरेको महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले बताए । 

Advertisement

महानगरको यसअघिको सूचनाबमोजिम कक्षा ११ मा अध्ययन गर्न चाहाने विद्यार्थीका लागि छात्रवृत्ति दिन लिइने परीक्षाको अनलाइन आवेदन फाराम भर्ने म्याद आज (शुुक्रबार) बेलुका १२ बजेसम्म थियो । थप गरिएको समयअनुसार अब साउन १५ गते दिउँसो ३ बजेसम्म कायम भएको छ । 

विद्यार्थीहरुले दिनुपर्ने परीक्षाको मिति भने साउन २० गते बिहान ११ बजेलाई तोकिएको छ । 

Advertisement

Advertisement