नेपालमा सफल व्यवसायी अरु जुनसुकै देशमा सफल हुनसक्छः विनोद चौधरी

Advertisement

काठमाडौं । व्यवसायी एवं नेपाली काँग्रेसका सांसद विनोद चौधरीले नेपालमा सफल व्यवसाय गर्ने अरु जुनसुकै विश्वका जुनसुकै देशमा गएर व्यापार गर्नसक्ने बताएका छन् । 

बिहीवार नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको वार्षिक साधारण सभामा उनले नेपालमा व्यापार गर्न विभिन्न जटिलता र काम गर्ने शैलीले अफ्ठ्यारो रहेको बताए । उनले त्यो जटिलतामा बिजनेस गर्नेले विश्वका जुनसुकै देशमा पनि व्यापार गर्नसक्ने जिकिर गरे । 

Advertisement

चौधरीले सरकारले नेपालमा नै केही गर्न चाहने युवाहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए । उनले नेपालमा स्टार्टअप उद्यमको लागि भविष्य राम्रो रहेको भन्दै इनोभेसन नलेज भएका युवाहरुले क्यानडा र अष्टे«लिया जाने मानसिकता परिवर्तन गर्नुपर्ने बताए । चौधरीले क्यानडा, अष्ट्रिेलिया गएर टेक्नोलोजीको क्षेत्रमा काम गर्ने मानसिकता बनाएका युवाहरु नेपालमा नै बस्ने उत्तम उद्यम भनेको स्टार्टअप भएको बताए । 

उनले भने, ‘युवाहरुलाई उद्यमी बनाउने भन्दै विभिन्न समयमा सरकारले ४ देखि ५ वटा स्टार्ट अफ फण्डको व्यवस्था समेत घोषणा ग¥यो । कुनै श्रम मन्त्रालय अन्तर्गत,कुनै प्रधानमन्त्री रोगजार कार्यक्रममार्फत भयो । एउटा प्लानिङ कमिसनको नाममा ५० करोड रुपैयाँ दियो प्राइमरि इकुटीमा चेक गर्नको लागि भनेर । मलाई जहाँसम्म ज्ञान छ । त्यो कुरा वास्तविक युवा उद्यमीहरुमा प्रयोग भएन । कयौं ठाउँमा ल्याप्स नै भए । मेरो अनुरोध सरकारले यस्ता खालका फण्डहरुलाई एकीकृत गरेर त्यसको पूर्णरुपमा इको सिस्टम विल्ड गर्नुपर्छ । पुँजी लिएर बस्दा पनि काम गर्नलाई राम्रो योजना पाउँदैन । त्यत्तिकै बाँड्ने होइन । स्टार्टअप उद्यमशीलताको भविष्य राम्रो छ । नेपालमा केही पनि हुँदैन । बाहिर क्यानडा,अष्ट्रिेलिया जाने युवाहरुको मानसिकता छ । त्यसको उल्टो पाटो भनेको स्टार्टअप उद्यम हो । नेपालमा सफलतापूर्वक विजनेस गर्ने मान्छेले विश्वमा जहाँ पनि गर्नसक्छ । नेपालका विभिन्न जटिलता र काम गर्ने शैलीले अफ्ठ्यारो छ ।’

चौधरीले सरकारले विगतमा घोषणा गरेका स्टार्टअप फण्डहरुलाई एकीकृत गरी इको प्रणालीमा ल्याउनुपर्ने बताए । उनले विगतमा सरकारले विभिन्न समयमा गरेका स्टार्टअप फण्डहरु त्यत्तिकै खारेज भएको समेत बताए । चौधरीले सरकारले घोषणा गरेका फण्डहरुलाई कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले स्टार्टअप उद्यमीहरुले काम गर्न पुँजी लगानी गर्दा समेत राम्रो योजनाहरु पाउन नसकेको बताए । 

Advertisement

Advertisement