नेपाल तिब्बत व्यापार वार्ता: सिमामा ओहोर-दोहोरको सुविधा, काठमाडौं-लासा उडान सुरु गरिने

Advertisement

काठमाडौं।  नेपाल चीन तिब्बत व्यापार सहजिकरण समितिको ११औं बैठक सम्पन्न भएको छ। चीनको लासामा साउन ९ देखी १० सम्म चलेको बैठकमा महत्वपुर्ण उपलब्धि हासिल भएको हो।

नेपाल चीनतर्फको व्यापारमा लामो समयदेखी नेपाली व्यावसायीले रसुवा र तातोपानी नाकामा ठूलो समस्या झेल्दै आएका छन्। पछिल्लो व्यापार वार्ताले यी नाकाको अधिकांस समस्या समाधान हुने उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले विस्वास गरेको छ।

Advertisement

केहि समयअघ नेपाल चीन नेपाल चीन तिब्बत व्यापार सहजिकरण समिति (एनटीटीएफसी) गठन गरिएको थियो। यो कमिटीको ११औं बैठक तिब्बतको लासामा सम्पन्न भएको हो। वार्तामा नेपालको तर्फबाट सहसचिव रामचन्द्र तिवारीले नेतृत्व गरेका थिए।

यस्तै चीनको तर्फबाट तिब्बत सरकारका डेपुटी सेक्रेटरी गाओ बाओजुनले नेतृत्व गरेका थिए। वार्तामा काठमाडौं लासा सिधैं उडान गर्ने विषय सहमति भएको छ। हाल काठमाडौं र बेइजिङबिच मात्रै सिधा हवाई सम्झौता रहेको छ। यदी नेपाली लासा जानुपर्यो भने पहिला बेइजिङ पुगेर मात्रै थप उडान भरेर लासा पुग्न सक्छन्। नेपाल र लासाको पुरानो व्यापार इतिहास भएको पनि व्यापार वार्तामा चर्चा भएको छ।

व्यापार वार्तामा ठूलो सफलता प्राप्त भएको सहसचिव तिवारीले बताए । तिवारीले कर्पोरेट नेपालसँग भने ‘वार्तामा चीनसँग जोडिएका नाकामा सहज ओहोर-दोहोर गर्ने विषयमा महत्वपुर्ण उपलब्धि हासिल भएको छ यस्तै यसै वर्षदेखी काठमाडौं-लासा सिधा उडान गर्ने सहमति भएको छ।’

बैठकमा १०औं बैठकमा उठेको विषयको पनि समिक्षा भएको छ। चिनियाँ पक्षले नेपाललाई व्यापारिक पुर्वाधार विस्तारमा ध्यान पुर्याउन आग्रह गरेको छ। विशेषगरी चीनसँग जोडिने स्थलमार्गको विकासमा ध्यान दिन सरकारलाई आग्रह गरेको हो। टिमुरे फ्रन्टेइर इन्सपेक्सन स्टेसन, स्याप्रुबेशी-रसुवागढी हाइवे, सेर्वा पुल लिजी नेटचुङ पोर्ट, यारी पोर्ट विस्तारमा सहजिकरण गर्न आग्रह गरेको छ। यी योजनाहरु समयमै सक्नका लागि आग्रह गरेको छ।

रसुवा बाहिरको नागरिकले पनि प्रवेश पाउने

चीन प्रवेशका लागी रसुवा जिल्लावासीलाई मात्रै अनुमति पाउदै आएकोमा अब रसुवा भन्दा बाहिरी जिल्लावासीले पनि अनुमति पाउने भएका छन्। व्यापार वार्तामा चिनियाँ पक्षले सम्पुर्ण नेपालीवासीहरुलाई समान व्यावहार गर्नका लागि तयार भएको हो।

अब सबै नागरिक सिमा नाकादेखी ३० किलोमिटरसम्म जाने अनुमति पाउने भएका छन्। यसअघि चीन सरकारले रसुवाको नागरिकलाई मात्रै स्थलमार्गबाट अनुमति दिएको थियो। सवारी चालकदेखी श्रमिकसम्म रसुवालीबासीलाई मात्रै अनुमति दिएको थियो। तर नेपालले भने नेपाली श्रमिक ट्रान्पोटर श्रमिक र व्यावसायीलाई १ वर्षको अनुमति प्रदान गर्न आग्रह गरेको छ। यसको लागी चिनियाँ पक्षले चीनको विदेश मन्त्रालयलाई आग्रह गर्ने भएको छ।

रसुवा नाका जस्तै तातोपानी नाकामा पनि नेपालले द्धिपक्षिय आगमनलाई सहज गरिदिन आग्रह गरेको छ। तातोपानी झाङमु पोर्टमा २०७२ सालअघि जस्तै सहज आवत-जावत गर्न आग्रह गरेको छ। चिनियाँ पक्षले भने पुर्वाधार विकासको काम असोज महिनासम्म सकिने र कार्तिक महिनाबाट नाका सहज बनाउने बताएको छ।

लासा-काठमाडौं सिधा उडान र बस सेवा

लासा-काठमाडौं सिधा हवाई उडान गर्नका लागि चिनियाँ पक्ष सकारात्मक देखिएको छ। नेपाली पक्षले सिधा हवाई उडानसहित स्थलमार्गबाट पनि बस सेवा सञ्चालन गर्न अनुमति मागेको छ। चीनले लासा गोनगार एयरपोर्टको विस्तार गरिरहेको छ।

यो एयरपोर्टको विस्तारको काम सन् २०२३ को अन्त्यमा सकिने विस्वास गरिएको छ। यसपछि सिधा उडान अनुमति दिने सम्झौतामा उल्लेख छ। स्थलमार्गबाट बस सेवा सञ्चालनमा भने सडकको स्तर, चीनको अन्तरदेशीय स्थलमार्ग बस सेवा कानुन, बसले बोक्न यात्रु क्षमता, बस रोकिने स्टेशन इत्यादीको अध्ययन गर्नुपर्ने बताएको छ।

द्धिपक्षिय व्यापारको हिसाबले भारत पछि चीन सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। पछिल्लो समय चीनबाट आयात हुने सामानमा नेपाली व्यावसायीले ठूलो असहयोग झेल्दै आएका छन्। यो व्यापार वार्ताले सिमा नाकामा सहज हुने अनुमान गरिएको छ।

Advertisement

Advertisement