उल्टै पारिश्रमिक दिएर एईसीसी नेपालले ‘इन्ट्रनसिप प्रोग्राम’ सञ्चालन गर्दै

Advertisement

काठमाडौं । शैक्षिक परामर्श सेवा प्रदायक संस्था एईसीसी नेपालले ‘इन्ट्रनसिप प्रोग्राम’मा सहभागी नयाँ विद्यार्थीहरुलाई उल्टै पारिश्रमिक दिएर सहभागी गराएको छ । 

शैक्षिक परामर्शका क्षेत्रमा अग्रणी र सबैभन्दा धेरै सक्सेस रेट भएको यस संस्थाले आफ्नो काठमाडौं, पोखरा, चितवन र वीरगञ्जमा यस्तो मासिक पारिश्रमिकसहितको इन्ट्रनसिप प्रोग्राम सञ्चालन गरेको हो । यसरी पारिश्रमिक दिएर अहिलेसम्म अरु संस्थाहरुले कार्यक्रम सञ्चालन गरेको कतै देखिन्न । 

Advertisement

यस कार्यक्रममा अहिले दुई दर्जनभन्दा धेरै विद्यार्थी सहभागी भइसकेको एईसीसी नेपालले जानकारी दिएको छ । सुचना प्रविधि, मास्टर अफ विजनेशमा आवेदन दिएर यस कार्यक्रमबाट फाइदा लिन सकिने भन्दै कम्पनीले विद्यार्थीहरुले सिक्ने र आफू पनि जीवनयापन गर्ने यो महत्वपूर्ण मौका भएको जानकारी दिएको छ । 

Advertisement

Advertisement