नेपाल लाइफले सौराहामा गर्यो बिजनेश एक्सिलेन्स कन्फ्रेन्स

Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चितवनको सौराहमा बिजनेश एक्सिलेन्स कन्फ्रेन्स सम्पन्न गरेको छ । गत साउन १५ गतेबाट सुरु भएको उक्त कार्यक्रम आज सक्किएको हो । एक चरणको कार्यक्रम सक्किए पनि कम्पनीले अर्को चरणको कार्यक्रमलाई भोलिबाटै निरन्तरता दिने जनाएको छ ।

आज सम्पन्न भएको कार्यक्रममा ५० शाखाका प्रमुखहरु तथा ५० जना उत्कृष्ट व्यवसाय गर्ने टिम लिडर अभिकर्ताहरु गरी १ सय ३३ जनाले सहभागीता जनाएका थिए ।

Advertisement

कार्यक्रममा कम्पनीका संचालक कमलेश अग्रवाल, कृष्णप्रसाद लामिछाने, शक्ति गोल्याण र बिमल ढकालले अभिकर्ताहरुलाई प्रशिक्षण प्रदान गरेका थिए।

नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रविनरमण पराजुली तथा डेपुटी सिईओ उमापति पोखरेलले नेपाल लाइफले अघि बढाएको व्यसायी रणनीतिको बारेमा कार्यक्रममा जानकारी दिएका थिए । सोही कार्यक्रममार्फत आगामी दिनमा अभिकर्ताहरुले जीवन बीमा व्यवसायलाई अब्बल बनाउँदै, बीमितको मनोबल जित्ने र नागरिकमा बीमाको विश्वास बढाउँने सम्बन्धि छलफल चलेको थियो ।

Advertisement

Advertisement