काठमाडौं महानगरपालिकाको छात्रवृत्तिको परीक्षामा ४० प्रतिशत ल्याएर नपुग्ने

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि शनिबार लिन लागेको परीक्षामा ४० प्रतिशत अंक ल्याएर पास हुँदैमा छात्रवृत्ति नपाइने स्पष्ट पारेको छ । 

महानगरपालिकाका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले यस परीक्षामा ४० प्रतिशत अङ्क प्राप्त गरेका सबै विद्यार्थीले छात्रवृत्ति नपाउने बताउँदै उत्कृष्ट अंक हासिल गर्नेलाई मात्रै छात्रवृत्ति दिइने बताए । 

Advertisement

शनिबारको परीक्षामा विभिन्न जिल्लाबाट आएका समेत गरी छ हजार १७ जना विद्यार्थी सहभागी हुँदैछन् । यसमध्ये सबैभन्दा धेरै विज्ञान विषयमा चार हजार १५५ जना छन् भने सबैभन्दा थोरै मानविकीमा १८ जना छन् । 

कोइरालाका अनुसार परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ । गणित, विज्ञान, अंग्रेजी विषयबाट ३०–३० प्रश्न र सामान्य ज्ञानबाट १० वटा प्रश्न सोधिनेछ । उत्रिण हुन ४० प्रतिशत अंक चाहिने भए पनि सोही आधारमा छात्रवृत्ति भने पाइने छैन् । परीक्षा बिहान ११ बजेदेखि १ बजेसम्म सञ्चालन हुने र नजिता शनिबार बेलुकी वा आइतबार सार्वजनिक हुने कोइरालाले बताए । 

Advertisement

Advertisement