चीन–पाकिस्तान आर्थिक करिडोर नयाँ चरणमा प्रवेश गर्योः शरीफ

Advertisement

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीईसी)को नयाँ चरणले थप अवसर र सम्बन्धहरु बलियो बनाउने बताएका छन् । 

पाकिस्तानको विकासमा चीन–पाकिस्तान आर्थिक करिडोरको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । यस क्षेत्रमा संचालन हुने नयाँ चरणको कामले धेरै आशावादी बनाएको बताए । नयाँ परियोजनाले उच्च गुणस्तरीय विकास, विशेष आर्थिक क्षेत्र, नवप्रवर्तन, हरित करिडोर, खुलापन र सञ्जाल निर्माणलाई जोड दिएका छन् । 

Advertisement

पाकिस्तानको राजधानी इस्लामाबादमा आयोजित कार्यक्रममा शरिफले ‘केही देशहरूले पाकिस्तानलाई बाइपास गर्ने प्रयास गरे पनि पाकिस्तान र चीनले मिलेर काम गर्ने र यो करिडोरको प्रभाव सम्पूर्ण क्षेत्र र विश्वका अन्य भागहरूमा बिस्तार गर्ने विश्वास व्यक्त गरे । 

उनले यस चुनौतिपूर्ण समयमा चिनियाँ सरकार र जनताको सहयोगका लागि कृतज्ञता व्यक्त गरे । सन् २०१५ मा शुरु भएको चीन–पाकिस्तान आर्थिक करिडोर चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गतको एक प्रमुख पूर्वाधार विकास परियोजना हो । यसले चिनियाँ प्रान्त सिनजियाङलाई अरब सागरमा रहेको पाकिस्तानी बन्दरगाह ग्वादरसँग जोड्ने सडक, रेलमार्ग र पाइपलाइनहरू निर्माण गरेर चीन र पाकिस्तानबीच आर्थिक सहयोग बढाउने लक्ष्य राखेको छ । 

पाकिस्तानमा सञ्चालित चीन–पाकिस्तान इकोनोमिक करिडोरको विभिन्न क्षेत्रबाट आलोचना पनि भइरहेको छ । आलोचकहरूले यसको सम्झौताको पारदर्शिताको बारेमा प्रश्न गरेका छन् । चीन र पाकिस्तान बीचको सम्झौताका शर्तहरू पूर्ण रूपमा सार्वजनिक गरिएको छैन् ।

Advertisement

Advertisement