नेपाल लाइफले सौराहामा गर्यो ‘विजनेश एक्सिलेन्स कन्फ्रेन्स’

Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तीन दिवसीय विजनेश एक्सिलेन्स कन्फ्रेन्स सम्पन्न गरेको छ । चितवनको सौराहामा साउन १५ देखि १७ गतेसम्म चलेको कन्फ्रेन्स  ‘पराक्रमी गति आक्रामक नीति’ भन्ने नाराका साथ सम्पन्न भएको हो ।

उक्त सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिङमा कार्यरत २ सय ३० भन्दा बढी कर्मचारीहरुको सहभागिता थियो । सम्मेलनमा बोल्दै कम्पनीका वरिष्ठ संचालक कमलेशकुमार अग्रवालले कम्पनीले आर्थिक मन्दीको बाबजुद पनि उत्साहजनक व्यवसाय गर्न सफल भएकोमा सम्पूर्ण कर्मचारीलाई धन्यवाद ज्ञापन गरेका थिए । 

Advertisement

संचालक कृष्णराज लामिछानेले सम्पूर्ण कर्मचारीहरुले गत आर्थिक वर्षमा गरेको योगदानका निम्ति खुशी व्यक्त गरे । अर्का संचालक शक्तिकुमार गोल्यानले कर्मचारीहरुको मनोबललाई उच्च राख्न संचालक समितिले सदैव साथ दिने बताए । 

कार्यक्रममा सीईओ प्रवीणरमण पराजुलीले कर्मचारीहरुलाई गत आर्थिक वर्षको कार्यसम्पादनको लागि धन्यवाद दिँदै चालु आर्थिक वर्षको व्यापार लक्ष्य पुरा गर्न शुरुबाट नै दत्तचित्त भई कार्य गर्न आव्हान गरेका थिए । सीईओ पराजुलीले गएको आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८०।८१ मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराए ।

नायव सीईओ अमितकुमार कयाल र नेशनल सेल्स हेड उमापति पोखरेलको कार्यक्रममा उपस्थिती थियो । 

Advertisement

Advertisement