काठमाडौं । हिमालयन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (एसिस्टेन्ट सीईओ) सचिनजंग रायमाझीले राजीनामा दिएर बाहिरिएका छन् ।
सिभिल बैंक र हिमालयन बैंक गाभिएको छ महिना नपुग्दै उनी बैंकबाट बाहिरिएका हुन् । उनले राजीनामापत्र एक महिनाअघि नै बुझाए पनि अहिले मात्रै स्वीकृत भएको हो ।
यसअघि सिभिल बैंकको डीसीईओ रहेका रायमाझी मर्जरपछि हिमालयनको एसिस्टेन्ट सीईओ भएका थिए । तत्कालिन सिभिल बैंकका सीईओ सुनिल पोखरेलले मर्जरमा गएसँगै बैंक छोडेका थिए ।
रायमाझीको आगामी यात्रा पपुवा न्युगिनीको दि टिचर सेभिङ एन्ड लोन सोसाइटी नाम टिसा बैंकको चिफ रिस्क अफिसरको रुपमा हुने बुझिएको छ । उनीसँग बैंकिङ क्षेत्रमा दुई दशकभन्दा लामो समय काम गरेको अनुभव छ ।
गत आर्थिक बर्षको वित्तीय विवरण निकै निराशाजनक रहेको हिमालयन बैंकले कर्जा÷स्रोत परिचालन अनुुपात कायम नगरको भन्दै एक करोड ३९ लालख ४७ हजार २८ रुपियाँ २४ पैसा जरिवाना गरेको छ ।