वैदेशिक रोजगारीमा रहेकाहरुको लागि निष्काशित सिटिजन लाइफको आईपीओ बाँडफाँट

Advertisement

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा गएकाहरुको लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) बाँडफाँट गरेको छ । 
 
वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आरक्षित कोटाका लागि निष्काशित ११ लाख २५ हजार कित्ता साधारण शेयर बाँडफाँट भएको कम्पनीले जानकारी दिएको हो । 

यसका लागि कुल २७ हजार ६३२ जनाले आवेदन दिएका थिए । तीमध्ये चार जना आवेदकको आवेदन रद्द भएको, न्युनतम् १० देखि ४० कित्तासम्म माग गर्ने सात हजार ८८५ आवेदकले माग गरेअनुसार शेयर पाएको जनाइएको छ । 

Advertisement

पचासदेखि दुई हजार कित्तासम्म माग गर्ने १९ हजार ७४३ आवेदकहरुले ४० कित्ताका दरले शेयर पाएका छन् । प्रिमियम मूल्यमा जारी गरिएको सिटिजन लाइफको शेयरमा विदेशमा रहेका नेपालीहरुको राम्रै आकर्षण देखिएको छ । 

गत असार ३१ गते आवेदन आव्हान गरिएको यस शेयर निष्काशनको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल रहेको थियो ।

Advertisement

Advertisement