काठमाडौं । नेपाल आरोहण खेल संघ (नेपाल क्लाईम्बिङ स्पोर्ट एसोसिएसन)को छैटौं अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ ।
शनिबार सम्पन्न अधिवेशनबाट हरिप्रसाद धरेलको अध्यक्षतामा संघमा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमिति रमेश पौडेल वरिष्ठ उपाध्यक्ष, सुनारबहादुर गुरुङ र लाक्पा शेर्पा उपाध्यक्ष, सन्तोष मादेन महासचिव,
सुजित कँडेल र सञ्जीव गुरुङ सचिव, कान्छी डोमा ह्योल्मो कोषाध्यक्ष, प्रणिल श्रेष्ठ सहायक कोषाध्यक्ष र अशोक लामा, डोलेन्द्रराज दाहाल, मानराज सिम्खडा, रामकाजी तिवारी, राजेश धरेल, मञ्जु श्रेष्ठ र शिवबहादुर सापकोटा सदस्यमा चयन भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेल्कुद परिषद्का सदस्य सचिव टंक घिसिङले एउटै क्षेत्रका विभिन्न नाम गरेर संस्था राष्ट्रिय खेलकुद परिषद्मा दर्ता गर्न आएको बताए । यस्तै, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले संघले नेपालको सहासिक खेल पर्यटन भएकोले सिंगो राष्ट्रको विशेष चासोको रुपमा हेरिएको बताए ।