रिद्धि सिद्धि सिमेन्टद्वारा ‘मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इयर’ अन्तरगत छात्रवृत्ति प्रदान

Advertisement

काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपूर जिल्लाका १०९ जनालाई छात्रबृत्ति प्रदान गरेको छ । कम्पनीले ‘मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ को छात्रवृत्ति प्रदान गरेको हो । 

यसैक्रममा रोबोटिक ल्याबमा बनेको स्मार्ट सिमेन्ट रिद्धि सिद्धि सिमेन्टले लिखित परीक्षा तथा दौड प्रतियोगिता मार्फत पिप्ले रंगशालामा बृहत कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा मकवानपुर जिल्लाबाट एसईई परीक्षामा ४ जिपिए ल्याउनु  भएकी डौफिन राईका मगरलाई सम्मान स्वरूप नगद रु. १०,००१  प्रदान गरिएको थियो । 

Advertisement

छात्रवृत्तिका कार्यक्रम अन्तर्गत कम्पनीले पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा रु. ५०००/–, दोश्रो हुनेलाई रु. ३५००/–, तेश्रो हुनेलाई रु. २५००/– र सान्त्वना स्वरुप थप ८ विद्यार्थीलाई मासिक रुपमा रु. १५००/– एक वर्षसम्म उपलब्ध गराउने छ ।

एसईई परीक्षामा उपलब्ध अंक, दौड प्रतियोगिता साथै आईक्यू परीक्षामा सोधिएका सम्पूर्ण अंकहरु जोडी उत्कृष्ट ११ स्मार्ट विद्यार्थीहरु चुनिने छन् । 

उक्त कार्यक्रममा भाग लिएका विद्यार्थीहरुको नतिजा भदौ १ गते प्रकाशित गरिने कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement