एशियन लाइफले आर्जन गर्यो ६ अर्ब ८४ करोड बीमा शुल्क

Advertisement

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले ६ अर्ब ८४ करोड २ लाख रुपियाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले आज आर्थिक बर्ष २०७९/८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्दै उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा भने ६ अर्ब ८३ करोड ३५ लाख रुपियाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । 

Advertisement

गत आर्थिक वर्षमा कम्पनीले दुई अर्ब ८५ करोड रुपियाँ खुद दाबी भुक्तानी गरेको छ भने अघिल्लो वर्षको यसै अवधिमा एक अर्ब ५७ करोड गरेको थियो ।

कम्पनीको जगेडा कोषमा २९ करोड १३ लाख रुपियाँ छ भने चुक्ता पुँजी तीन अर्ब १५ करोड रुपियाँ कायम भएको छ । 

एक आर्थिक वर्षमा कम्पनीको खुद नाफा २४ करोड रुपियाँ बढी छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २९ करोड १५ लाख ६४ हजार नाफा गरेको थियो । 

Advertisement

Advertisement