राजस्व अनुसन्धानले पक्रेको सुन गाल्न शुरु, प्रत्येक नमूना सार्वजनिक गरिने

Advertisement

काठमाडौं । राजस्व अनुसन्धान विभागले साउन २ गते पक्रेको सुन गाल्ने प्रक्रिया सुरु भएको छ । तस्करी गरेर ल्याइएको सुन राष्ट्र बैंकले आजबाट गाल्न सुरु गरेको हो ।

केहिबेरमै सुन गाल्न सुरु गरिने राष्ट्र​ बैंकका टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यले बताए । आचार्यले कर्पोरेट नेपालसँग भने, ‘राजस्व अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान विभागबाट प्रतिनिधि आइसक्नु भएको छ, अब केहिबेरमा पगाल्ने काम सुरु हुनेछ ।’

Advertisement

सुन गालेको प्रत्यक्ष रुपमा सार्वजनिक गर्न भने सुरक्षाको दृष्टिकोणबाट असहज हुने आचार्यको भनाई छ । विभागले पक्रिएको ब्रेक सु मा सुन भेटिएपछि भन्सार विभागले सुन यकिन भएपछि अनुसन्धान विभागले राष्ट्र बैंक पठाएको थियो  ।

सुन पक्रिएको २७ दिनपछि मात्रै सुन गाल्न सुरु गरिएको हो । सुन गाल्नु अघि प्रकृयाको विषयमा बैंक, सीआईबी र अनुसन्धान विभागको सयुंक्त बैठक बसेको थियो ।

सुनको सबै नमुना भने सार्वजनिक गरिने राष्ट्र बैंकले जनाएको छ ।

Advertisement

Advertisement