कक्षा १२ को नतिजा सार्वजनिक

Advertisement

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाख २६ देखि जेठ ५ गते सञ्चालित परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरिएको हो । 

देशभरका एक हजार ४५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार ३८९ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । 

Advertisement

बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए । आज दिउसो बसेको बोर्ड बैठकले नजिता सार्वजनिक गर्ने निर्णय गरेको हो । 

नजिताअनुसार सबैभन्दा धेरै अंग्रेजीमा एनजी (ननग्रेड) ल्याउने विद्यार्थी धेरै छन् । अंग्रेजीमा एक लाख नौ हजार ५२७ विद्यार्थीको एनजी आएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । कक्षा १० को नतिजा हेर्दा गणित विषयमा धेरै विद्यार्थी कमजोर देखिएका थिए ।  

त्यस्तै नेपाली विषयमा ३८ हजार विद्यार्थीको एनजी आएको छ भने गणित विषयमा भने सात हजार ९०३ विद्यार्थीको एनजी आएको छ । एनजी ल्याउने विद्यार्थीका लागि असोज ६ र ७ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने जनाइएको छ । 

बोर्डका परीक्षा नियन्त्रक दुर्गा अर्यालका अनुसार दुई विषयसम्म नन ग्रेड ल्याएका एक लाख २३ हजार ३९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । एक विषयमा मात्र एनजी आउनेको संख्या भने ७९ हजार ५८४ जना छन् ।

Advertisement

Advertisement