त्रिवि  सेवा आयोग अध्यक्षमा काँग्रेस कोटाबाट भट्टराई नवनियुक्त

Advertisement

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा प्राडा घनश्याम भट्टराई नियुक्त भएका  छन् । 

नवनियुक्त अध्यक्ष भट्टराई इतिहास केन्द्रीय विभागका प्राध्यापक पनि हुन् ।

Advertisement

उनी सत्तारुढ काँग्रेस कोटाबाट अध्यक्ष नियुक्तिका लागि सिफारिसमा परेका शिक्षा मन्त्रालय स्रोतले जनाएको छ । उनी प्राध्यापक सङ्घ केन्द्रीय क्याम्पस कीर्तिपुरका पूर्व अध्यक्षसमेत हुन् ।

समितिले ३ जनाको नाम सिफारिस गरेको थियो । प्राध्यापकद्वय निलम श्रेष्ठ प्रधान र टङ्कनाथ धमला पनि सिफारिसमा परेका थिए ।  ती तीन  जना  मध्येमा भट्टराई   छनोटमा परेका हुन् ।  

अध्यक्ष नहुँदा अध्यापक कर्मचारी छनौट र बढुवाको काम ठप्प छ  । गत वर्ष अध्यक्ष नियुक्ति गर्न शिक्षा मन्त्रालयले आवेदन माग गर्दा ३८ जनाले दरखास्त दिएका थिए ।

Advertisement

Advertisement