आलोचनापछि आफ्नो निर्णय सच्याउन नागरिक उड्डयन प्राधिकरण बाध्य

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणले दुर्गम जिल्लाका विमानस्थलमा अतिरिक्त समयमा उडान र अवतरण गर्न पाउने निर्णय गरेको छ । यसअघि बर्षातको समयमा दुर्घटनाको जोखिमलाई कारण देखाउँदै बर्षात अवधिभरका लागि दुर्गम क्षेत्रको उडानमा प्राधिकरणले रोक लगाएको थियो । 

तर अडान नभएकै कारण कर्णालीमा चार बालबालिकाको उद्दार हुन नसरी ज्यान गएपछि प्राधिकरणको आलोचना भएको थियो । प्राधिकरणले सेप्टेम्बरसम्म विमानस्थल सञ्चालन अवधिमा मात्रै उडान गर्न पाउने गरि यसअघि गरेको निर्णय आज सच्याउँदै अतिरिक्त उडान अवतरण गर्न पाउने गरी निर्णय गरेको छ ।

Advertisement

तर यस्तो उडान शर्तसहितको हुनेछ । पहाडी क्षेत्रमा अवस्थित स्टोल विमानस्थलमा हुने उडान सञ्चालनलाई थप सुरक्षित तथा व्यवस्थित गरी जनताको हवाई यातायातमा पहुँच वृद्धि गर्नेगरी निर्णय गरिएको जनाएको छ ।

अतिरिक्त समयमा उडान गर्नुूुर्व गन्तव्य, हवाइमार्ग र वैकल्पिक विमानस्थलमा भएको भिएमसी मिनिमा कायम भएको सुनिश्चित गरी प्रमुख चालक र डिस्प्याचरको लिखित घोषणा पश्चात मात्र उडान अनुमति प्रदान गरिने प्राधिकरणले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ ।

त्यसैगरी, नेपालगञ्ज विमानस्थलबाट स्टोल विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीले विमानस्थलमा अनिवार्य फ्लाई अपरेसन अफिसरको व्यवस्था गर्नुपर्ने, उडान सञ्चालनसम्बन्धि सम्पूर्ण कार्य अफिसरमार्फत गर्नुपर्ने, पहाडी क्षेत्रका विमानस्थलका साथै सम्पूर्ण स्टोल विमानस्थलहरुको सञ्चालन समय पुनरावलोकन गर्ने तथा इनरुट वेदरको उपलब्धताबारे अध्ययन गर्न प्राधिकरणका उपमहानिर्देशकको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गर्ने निर्णय पनि भएको प्राधिकरणको भनाई छ । 
 

Advertisement

Advertisement