काठमाडौं । शुक्रबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने प्रतितोला २० रुपियाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजो जस्तै छापावाल सुन प्रतितोला १ लाख १० हजार ४ सय र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ८ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।