काठमाडौंमा । ग्यालेक्सी जेड फ्लिप फाईभ र जेड फोल्ड फाईभको सफलतापूर्वक अनावरण गरेपछि सामसङ नेपालले रिटेलर मिट सम्पन्न गरेको छ । कम्पनीको रिटेलर मिटमा नयाँ फोल्ड योग्य उपकरणहरुका साथमा कारोबार गर्ने प्रतिष्ठित ९० जनाभन्दा बढी व्यापारीहरुले उपस्थिति जनाएका थिए ।
कार्यक्रममा हालसालै बिक्री शुभारम्भ गरिएका नयाँ मोडलहरु ग्यालेक्सी जेड फोल्ड फाईभ र ग्यालेक्सी जेड फ्लिप फाईभका विशेषताहरु माथि प्रकाश पारिएको थियो । उक्त फोनमा पकेटिविलिटी, कभर स्क्रिन, फ्लेक्स मोड, वाइड स्क्रिन, सेल्फि र आईपिएकसका विशेषताहरु रहेका छन् ।
दुवै ग्यालेक्सी जेड फ्लिप फाईभ र ग्यालेक्सी जेड फोल्ड फाईभलाई धेरै टिकाउपनाको अपेक्षा पूर्ति गर्ने गरी सावधानीपूर्वक निर्माण गरिएको कम्पनीले जनाएको छ ।
त्यस्तै, फोनमा आर्मर अलुमिनियम फ्रेमहरु र गोरिल्ला ग्लास भिक्टसको प्रयोग फ्लेक्स विण्डो र पछाडि कभर दुवैतिर गरिएको छ ।
हाल सार्वजनिक भएका फोनका मूल्यहरु एक लाख ३९ हजार ९ सय ९९ रुपियाँ देखि दुई लाख ३९ हजार ९ सय ९९ रुपियाा रहेको छ । कम्पनीका अनुसार ग्राहकहरुले २५ हजार रुपियाँसम्मको फाइदा पाउँने गरि आकर्षक उपहारहरु पनि रोज्न सक्ने कम्पनीले जनाएको छ ।
ग्राहकहरुले सामसङ इन्स्टा फाइनान्स प्रयोग गरी शुन्य प्रतिशत ब्याजमा प्रति महिना सात हजार रुपियाँसम्मको न्यूनतम इएमआइ तिरेर फोन खरिद गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीले एनएलजि इन्स्योरेन्ससँगको सहकार्यमा ब्रेकेज, टुटफुट भएमा बीमा सेवा पनि उपलब्ध गराएको जानकारी दिएको छ ।