काठमाडौं। अर्जेन्टाइन फुटलब स्टार लियोनल मेसी आठौं पटक बालोन ‘डी’अर उपाधि नजिक पुगेका छन्। सन् २०२२/२३ मा उत्कृष्ट फुटबल खेलेपछि मेसी उपधि नजिक पुगेका हुन्।
फ्रान्सको म्यागेजिन ‘फ्रेन्च फुटबल’ले सन् १९५६ देखी प्रदान गर्दै आइरहेको अवार्डको प्रमुख दाबेदार मेसी बनेका हुन्। २०२२ मा विश्वकप जितेसँगै उनी प्रमुख दाबेदार बनेका हुन्। उपाधिको उत्कृष्ट तीनमा म्यान्चेन्सटर सीटीका केभिन डे ब्रुर्ने एर्लिङ हल्याण्ड सहित मेसी समावेश छन्।
हल्याण्ड र डे ब्रुर्नेले च्याम्पियान्स लिग इंग्लिस प्रिमियर लिग लगायत कप जितेका छन्। यस्तै मेसीले विश्वकपसँगै फ्रेन्च लिग वानको उपाधि जितेका छन्।
मेसी यतिवेला फुटबल खेल्न अमेरिका पुगेका छन्। उनी हाल इन्टर मायमीमा सहभागी छन्। आइतबार मात्रै मीयामीबाट पहिलो ट्रफी लिग कप जित्दै इतिहासमै सबैभन्दा धेरै ट्रफि जित्ने खेलाडी बनिसेका छन्। उनले क्लब र देशका लागि ४४ वटा उपाधि जितिसकेका छन्।
यसअघि मेसीले २००९, २०११, २०१२, २०१३, २०१६, २०१९ र २०२१ मा बालोन ‘डी’अर जितिसकेका छन्। सन् २०२३ को बालोन ‘डी’अर जिते ८ पटक विजेता बन्नेछन्। यो उपाधी वर्षभरी फुटबल खेलेका विश्वभरीका खेलाडी मध्ये उत्कृष्ट खेलाडीलाई प्रदान गरिदै आएको छ। यो उपाधिको छिनोफानोमा खेलकुद पत्रकारहरुले समेत मतदान गर्न पाउनेछन्।