नेपालगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा धामी निर्वाचित

Advertisement

नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा टङ्क धामी निर्वाचित भएका छन् ।  

उद्योगी धामीले अर्का उद्योगी ललित रौनियारलाई आठ सय ९० मतको अन्तरले पराजित गरेका हुन् । धामीले दुई हजार चार सय ५६ मत ल्याउँदा रौनियारले एक हजार पाँच सय ६६ मत प्राप्त गर्नुभएको वाणिज्य सङ्घका निर्वाचन अधिकृत माधव शर्माले जानकारी दिए ।  

Advertisement

दश जना सदस्यमा एउटा प्यानलबाट सात र अर्को प्यानलबाट तीन निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । चार हजार नौ सय ३३ मतदाता रहेको सङ्घमा चार हजार एक सय ३२ मत खसेको बताइएको छ । 

Advertisement

Advertisement