लगातार दुई दिन बढेको शेयर बजारमा फेरि करेक्शनः डेढ अर्बमै समेटियो कारोबार

Advertisement

काठमाडौं । साताको अन्तिम दिन शेयर बजारमा फेरि करेक्शन आएको छ । दुई लगातार बढेको बजार आज उच्च अंकले घट्दा कारोबार पनि डेढ अर्बकै हाराहारीमा सीमित भएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३१.५२ अंकले घटेको हो । १.५४ प्रतिशतले बजार घट्दा नेप्से २०१३.९३ अंकमा झरेको छ । 

Advertisement

आज २७५ कम्पनीका ४६ करोड ५७ लाख १ सय ३७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५५ करोड ५ लाख ८२ हजार ६ सय ८५.३७ रुपियाँ बराबरको कारोबार भएको छ । 

समग्रमा बजार घटे पनि कुथेली बुखरी स्मल हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९९ प्रतिशतले नाफा कमाएका छन् । यता मोलुङ हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.५४ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज सोल्टी होटल लिमिटेडको उच्च कारोबार भएको छ । उक्त होटलको ७ करोड ८७ लाख ९५ हजार ६ सय ३४.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार २१.९९ अंकले बजार घट्दा १ अर्ब ४४ करोड ७४ लाख ८ हजार ९ सय ४२।६७ रुपियाँ, सोमबार १२.९३ अंकले बजार घट्दा १ अर्ब ४० करोड ८९ लाख ८१ ह्जार ६ सय १.६८ रुपियाँ, मंगलबार १७.६९ अंकले बजार बढ्दा १ अर्ब ३३ करोड २५ लाख ६४ हजार ७ सय ६९.५१ रुपियाँ र हिजो बुधबार २९.४७ अंकले बजार बढ्दा १ अर्ब ५१ करोड ४ लाख ८८ हजार ९ सय ८४.६० रुपियाँ बराबरको कारोबार भएको थियो । 
 

Advertisement

Advertisement