काठमाडौं । बरुण हाइड्रोपावर लिमिटेडलाई १ः१ अनुपातमा हकप्रद शेयर बिक्री गर्न विद्युत नियमन आयोगले स्वीकृति दिएको छ ।
आयोगको भदौ ७ गते बसेको बैठकले उक्त कम्पनीलाई हकप्रद निष्काशन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपियाँ छ । हकप्रद पछि कम्पनी कूल चुक्ता पुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपियाँ पुग्नेछ ।