सात दिनको अन्तरालमा चीनमा ९६ हजार युनिट बीवाईडीको बीमा दर्ता, बढ्दैछ ईभीको वर्चस्व

Advertisement

काठमाडौं । लार्जेस्ट अटोमोबाइल इन्ड्रस्ट्री चीनमा पछिल्लो हप्ता मात्र झण्डै ६ लाख युनिट न्यू इनर्जी भेहिकल (एनईभी) सवारी साधनहरु बीमा दर्ता भएका छन् । अक्टोबर २८ देखि नोबेम्बर ३ सम्ममा विभिन्न नयाँ तथा पुराना ब्राण्डका गरी ५ लाख ९७ हजार ८ सय युनिट विद्युतीय गाडीको बीमा भएको हो । 
जसमध्ये चिनियाँ अटोमोबाइल बजारमा मात्र नभएर पछिल्लो समय विश्व बजारमा समेत दरिलो उपस्थिति जनाउन सफल उदयमान ब्राण्ड बीवाईडीका मात्र ९६ हजार ३ सय युनिट गाडी यसै साता बीमा दर्ता भएको चीनस्थित बीमा एजेन्सीले जनाएको छ । अघिल्लो हप्ता ९५ हजार ६ सय युनिट गाडीको बीमा दर्ता भएकोमा पछिल्लो हप्ता यो दर ०.७३ प्रतिशतले बढेको हो । 

पछिल्लो अक्टोबर महिनामा बीवाईडीले ५ लाख २ हजार ६५७ युनिट गाडी बिक्री गरेको छ । जुन कम्पनीले एक्कैमहिना ५ लाख युनिट बढी गाडी बेचेर उच्च अंकको रेकर्ड राख्न सफल भएको छ । अघिल्लो वर्षको यसै समयमा ३ लाख १ हजार ८३३ युृनिट गाडी बेचेको कम्पनीले आफ्नो व्यापार ६६.५३ प्रतिशतले बढाएको छ । यस्तै गत सेप्टेम्बरमा ४ लाख १९ हजार ४२६ युनिट गाडी बेचको कम्पनीले सोको तुलनामा १९.८४ प्रतिशतले व्यवसाय वृद्धि गरेको छ।

Advertisement

undefined

टेस्ला भर्सेज वीलिङ
इन्स्योरेन्स रजिट्रेसन (बीमा दर्ता) को तथ्यांक अनुसार प्रसिद्ध प्रियम ब्राण्ड टेस्लाको प्रतिस्पर्धा बीवाईडीसँग नभएर चीनमा न्यू ईभी वीलिङसँग रहेको देखिन्छ । अझ पछिल्लो हप्ता चिनियाँ बजारमा टेस्लालाई वीलिङले उछिनेको छ ।

बीमा एजेन्सीका अनुसार अक्टोबर २८ देखि नोबेम्बर ३ सम्म २० हजार युनिट वीलिङ ब्राण्डका ईभीको बीमा दर्ता हुँदा प्रिमियम ब्राण्ड टेस्लाको जम्मा १५ हजार ७ सय युनिट गाडी मात्र दर्ता भएका छन् । तथापि, अघिल्लो हप्ता १० हजार ५०० युनिट मात्र बीमा दर्ता भएको टेस्लाकोपछिल्लाको हप्ता ४९.५२ प्रतिशतले बीमा हिस्सा बढेको हो।

टेस्लाको सांघाईमा एउटा कारखाना छ जसले मोडल ३ सेडान र मोडल वाई क्रसओभर उत्पादन गर्छ । स्थानीय बजार र देश बाहिर गाडी निर्यातका लागि यो मुख्य केन्द्रको रुपमा रहेको छ । 
टेस्ला चाइनाले अक्टोबरमा देश भित्र र बाहिर गरी कूल ६८ हजार २८० युनिट गाडी बेचेको छ । जुन अप्रिलयताकै न्यून हो ।  गत सेप्टेम्बरमा ८८ हजार ३२१ युनिट गाडी बेचेको कम्पनीले सोको तुलनमा २२.६९ प्रतिशत र गत वर्षको अक्टोबरमा बेचको ७२ हजार ११५ युनिटको तुलनामा ५.३२ प्रतिशतले कम हो ।

undefined

टप टेन प्रिमियम ब्राण्ड, कसको पोजिसन के छ ?
चिनियाँ बीमा एजेन्सीलाई उदृत गर्दै अटोमोबाइल सञ्जार माध्ययमहरुले उपलब्ध गराएको पछिल्लो तथ्यांक अनुसार २८ अक्टोबरदेखि ३ नोबेम्बरसम्म बीमामा दर्ता भएका दश वटा प्रिमियम ब्राण्डहरुमध्ये शीर्ष स्थानमा मर्सिडिज बेन्ज रहेको छ । यस ब्राण्डका १५ हजार ८ सय सवारी यसै साता बीमा दर्ता भएका छन् । 
यस्तै, 
टेस्ला– १५,७०० युनिट
बीएमडक्लू– १५,०० युनिट
औडी– १२,००० युनिट
ली–अटो– ११,४०० युनिट
आईटो– ८,४०० युनिट
जिकर– ५,८०० युनिट
नियो– ४,४०० युनिट
लेक्सस– ४,४०० युनिट
भोल्भो– ३,९०० युनिट बीमा दर्ता भएका छन् । 


यसको अतिरिक्त नयाँ तथा स्थापित ब्राण्डहरुमा लिपमोटर्सको ८,२०० युनिट, जिली ७,८०० युनिट, जिली ग्यालेक्सी ७,७०० युनिट, जीएसी आवन ६,९०० युनिट, दिपल ६,१०० युनिट, एक्सपिङ ५,४०० युनिट, साओमी ३,१०० युनिट, एआरसीफोक्स २,९०० युनिट र डन्जा २,८०० युनिट दर्ता भएका छन् । 

nullnull
 

Advertisement

Advertisement