सेन्ट्रल फाईनान्स नारायणगढद्वारा आश्रममा ग्यास चुलो र सिलिण्डर वितरण

Advertisement

काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेड नारायणगढ शाखाले सोमबार ग्यास चुलो तथा ग्यास सिलिन्डर वितरण कार्यक्रम गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तनहुँको देवघाटधाम स्थित श्रीहरिहर–संन्यास–आश्रममा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा संस्थाको तर्फबाट शाखा प्रमुख मधु सुधन पौड्यालले उक्त आश्रमलाई २० थान ग्यास सिलिन्डर र १ थान ठूलो ग्यास चुलो हस्तान्तरण गरेका हुन् । 

Advertisement

कार्यक्रममा श्रीहरिहर–संन्यास–आश्रमका श्री १००८ स्वामी ज्ञाननन्द सरस्वती महाराज र आश्रमका कक्षा ६ देखि १२ सम्म र बिद्यापिठ तहदेखी आचार्य तहसम्मका बिद्यार्थी र साधु, सन्त, ब्रम्ह्मचारी र अन्य पदाधिकारीहरू तथा सेन्ट्रल फाईनान्स् लिमिटेड, नारायणगढ शाखाका कर्मचारीहरूको उपस्तिथि रहेको थियो । 

यस संस्थाको कुपण्डोलस्थित केन्द्रीय कार्यालयसहित १९ वटा शाखा र भक्तपुरको सल्लाघारीमा एक (१) एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेको छ ।
 

Advertisement

Advertisement