काठमाडौं । बाराही सेदी लिमिटेडले आईपीओ ल्याउने भएको छ ।
पोखराको लेकसाइडमा पाँचतारे होटेल बनाइरहेको बाराही सेदीले जारी पुँजी १ अर्ब १६ करोड रुपियाँको १० प्रतिशतले हुन आउने ११ करोड ६० लाख रुपियाँको बराबरको ११ लाख ६० हजार कित्ता आईपीओनिष्काशन गर्ने भएको हो ।
यसैक्रममा कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा बाराही सेदीका तर्फबाट कार्यकारी सञ्चालक विप्लव पौडेल र एनएमबि क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले हस्ताक्षर गरेका छन् ।