नेपाललाई पाकिस्तानले दियो ३४३ रनको चुनौतिपूर्ण लक्ष्य

Advertisement

काठमाडौं । एशिया कपअन्तर्गत बुधबार भएको पहिलो दिनको खेलमा पाकिस्तानले नेपाललाई ३४३ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ । 

कप्तान बाबर आजम र इफ्तिखार अहमदको उत्कृष्ट साझेदारीसँगै पाकिस्तानले नेपाललाई विशाल लक्ष्य दिएको हो । मुल्तान क्रिकेट स्टेडियममा ब्याटिङ रोजेको घरेलु टोलीलाई खेलको सुरुवातमा नेपाली बलरहरुले दबाबमा राखे पनि उत्तराद्धमा पाकिस्तान हावी भएको हो । 

Advertisement

कप्तान बाबर आजमले मोहम्मद रिवाजसँग ८६ रनको साझेदारी गरे । रिवाज आउट भएपछि इफ्तिखार अहमदसँग मिलेर पाकिस्तानलाई विशाल योगफलमा पुर्‍याएका थिए । दुबैले पाँचौं विकेटका लागि २१४ रनको साझेदारी गरे ।

नेपालका सोमपाल कामीले २, करण केसी र सन्दीप लामिछानेले समान १–१ विकेट लिए ।

Advertisement

Advertisement