नबिल बैंकले पायो ‘एम्बिशन्स एन्ड डेभलपमेन्ट’ एशियन अवार्ड

Advertisement

काठमाडौं । नबिल बैंकले कम्बोडियाको सिम रीपमा आयोजित टक्स एसिया २०२३ मा ‘एम्बिशन्स एण्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एण्ड इन्ट्रोडक्सन अफ न्यू सर्भिसेस्’ अवार्ड पाएको छ । कम्पास प्लस टेक्नोलोजीले नबिल बैंकलाई नवीनतम प्रविधिको प्रयोग तथा निरन्तर अपग्रेड विधामा उक्त पुरस्कृत गरेको हो ।

उक्त कार्यक्रममा कम्पास प्लस टेक्नोलोजीका स्ट्रजेजी प्युटेनीखीन इस्ट्रन जोइन्ट रिजनल डाईरेक्टोरेट म्यानेजिङ डा डाईरेक्टरका उपाध्यक्षले नबिल बैंकका प्रमुख अपरेटिङ अफिसर गणेशप्रसाद अवस्थीलाई अवार्ड प्रदान गरेका थिए । कार्यक्रममा बंगलादेश, कम्बोडिया, मलेसिया, भारत लगायत विभिन्न देशका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले सहभागिता जनाएका थिए । 

Advertisement

‘हामीले नेपालमा ल्याएको विभिन्न नवीनतम डिजिटल बैंकिङ सेवाहरूका लागि यो प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड पाउनु हाम्रो लागि गौरवको कुरा हो,’ नबिल बैैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले बताए । 

निजी क्षेत्रको पहिलो बैंक नबिल बैंकले नेपालमा पहिलो पटक कम्प्युटराइज्ड बैंकिङ प्रणाली ल्याएको थियो । नबिलले आफ्नो ३९ वर्षको यात्रामा बैंकिङ क्षेत्रमा नवीन तथा नयाँ प्रविधिहरू निरन्तर रुपमा भित्र्याउँदै आएको छ । नबिलले एनएफसी डुअल इन्टरफेस कन्ट्याक्टलेस कार्डहरू, ई–कमर्स कारोबार सहज बनाउन पहिलो कम्प्लायन्ट पेमेन्ट गेटवे लागू गरेको थियो । साथै, नबिल बैंकले ग्रीन पिन र कार्डलेस सेवाका प्रविधि ल्याई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

हाल बैंकका १८ लाख भन्दा बढी ग्राहकरु छन् भने देशभरिको दुई सय ६५ शाखा, दुई सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ । 
 

Advertisement

Advertisement