आज बाटो  बनाउने भोलि फेरि भत्काउने विकासले हामी अघि बढ्न सक्दैनौंः पूर्वअर्थमन्त्री शर्मा

Advertisement

काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्माले हाम्रा दुई विशाल छिमेकी भारत र चीनमा आर्थिक विकास द्रुत गतिमा भइरहेको बताउँदै त्यसबाट हामीले पनि सिक्नु पर्ने बताएका छन् । 

नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका उनले आज राजधानीमा आयोजित कार्यक्रममा उक्त कुरा बताएका हुन् । उनले भने, ‘आज बाटो  बनाउने भोलि भत्काउने’ खालको विकासले हामी कहीं पुग्दैनौं । 

Advertisement

शर्माको भनाईको सम्पादित अंशः 
हाम्रो प्रयासहरुलाई बढाउनु पर्न आवश्यकता छ ।    लगानी भन्दा  पनि हामीलाई चुनौतीहरु छन् ।  हामी एउटा यस्तो  रणनितीक भुगोलमा छौं ।  यसको प्रभाब एक देशबाट आएको लगानी अर्को देश  सशंकित हुन्छ ।  यसको कारण हाम्रो आर्थिक  कुटनीती कमजोर हुनु हो ।  हामीले त्यो कुरा बुझाउन सकिरहेको छैन् ।  त्यसले गर्दा त्यही लगानी पनि समस्याको रुपमा  देखिने अवस्था हो । यद्यपी अहिले हाइड्रो पावर लगायतका  क्षेत्रहरु, केही  सडक पूर्वधारहरुमा लगानीहरु  आइरहेको छ  । तर त्यो अपर्याप्त छ । आएकोमा   पनि  एक अर्कालाई  सन्तुलन गर्न हामीलाई गाह्रो छ ।  त्यसकारण हामीले सन्तुलित एउटा परराष्ट्रनीतीलाई आत्मसाथ गर्दै सबै ठूला  र विदेशी राष्ट्रहरुसँग  मैत्रीपूर्ण सम्बन्ध राखेर मात्र हामी  अगाडि बढ्न सक्छौ । त्यो भन्दा अर्को बिकल्प हामीसँग छैन् ।   

बिगतदेखि हामीले लिदै आएको  सन्तुलनताको नीती छm त्यो  त्यतिकै लिएको हैन् । ठूला  ठूला राष्ट्रहरुको बीचमा उनीहरुको विकास, सम्वृद्धि, प्रविधि, विज्ञताबाट हामीले फाइदा लिन  सकिरहेका छैन् ।  हामीले  फाइदा लिनु सक्नु पर्थ्यो । द्रुत रुपमा आर्थिक विकास भैरहेको  छ  । त्यसबाट हामीले सिक्न सकिरहेका छैनौं । हाम्रा छिमेकीहरुसँगको सम्बन्ध सुदृढ  बनाएर उनीहरुबाट हामीले बढी भन्दा बढी लाभ लिन पर्थो ।  कतै  हाम्रो प्रयासहरु कमी छन् ।  यिनीहरुलाई विश्वस्थ बनाएर  हाम्रो राष्ट्रको विकास र सम्वृद्धिको पक्षमा  फाइदा  लिन पर्थ्यो त्यो कुरा भैरहेको छैन् ।  

यस्ता राम्रा क्षेत्रहरु छन् हामीसँग  लुम्बिनीकै मार्केटिङ गरे पनि, सगरमाथा, मुक्तिनाथकै मार्केटिङ गरे पनि धेरै लाभ लिन सकिन्छ ।  तर हाम्रो ध्यान त्यहाँ  पुगिरहेको छैन् ।  हामी विकासको कुरा गरिरहेका छौ, आज बाटो  खन्ने भोलि त्यो बाटो  टाल्ने  ।   आज बाटो  बनाउने भोलि भत्काउने  फेरी त्यसलाई थप्ने । यो विकासले देश अगाडि बढ्न्न सक्ने अवस्था छैन् ।  रणनीतीक रुपले हामीले आर्थिक विकासलाई धक्का दिने खालका त्यस्ता क्षेत्रहरुको छनोट गरी अगाडि बढ्नु पर्ने लगानी  केन्द्रित गर्नु पर्ने आवश्यकताहरु त्यसमा छ ।    

अब हामी कहाँ आउने रेमिटेन्सको सदुपयोग गर्दा पनि लगानीमा महत्वपूर्ण कार्य गर्न सकिन्छ । हामीले विकास र प्रविधिका क्षेत्रमा विकसित राष्ट्रबाट धेरै कुरा सिक्नै पर्ने  हुन्छ । उनीहरुको सहयोह  पनि आवश्यक हुन्छ अमेरिका, भारत, चाइना, जापान जस्ता मुलुकबाट विकासको परियोजना ल्याउन आवश्यक छ जस्तो  मलाई लाग्छ ।
 

Advertisement

Advertisement