सिटिजन लाइफको आईपीओ आजदेखि निष्काशन खुला

Advertisement

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आज भदौ १५ गते शुुक्रबारदेखि भदौ १९ गते मंगलबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ ।  

कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपियाँको ३० प्रतिशत अर्थात १ अर्ब १२ करोड ५० लाख रुपियाँको आईपीओ बिक्री गर्न लागेको हो । 

Advertisement

प्रतिकित्ता रु. १०० अंकित मूल्यमा रु. १४४ रुपियाँ प्रिमियम थप गरेर रु. २४४ मा १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ बिक्री गर्ने भएको हो । 

कूल निष्काशन मध्ये ११ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । ५ लाख ६२ हजार ५०० कित्ता कर्मचारी र ५ लाख ६२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ९० लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन खुला गर्न लागिएको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले जनाएको छ ।  

सर्वसाधारणका लागि छुट्याइएको शेयर ९ लाख जनाले १०–१० कित्ताका दरले पाउने छन् । 

Advertisement

Advertisement