कोटानका स्टाफलाई सेवा सुविधा र स्वस्थकर खानाका तालिम

Advertisement

काठमाडौं । कोरियन टुर्स एण्ड टे«किङ अपरेटर्स एशोसियशन (कोटान)ले आफना गाइडहरुलाई सेवा सुविधा र स्वस्थकर खानाको तालिम दिएको छ ।

शुक्रबार नेपाल पर्यटन बोर्डको हलमा कोटानले तालिमको आयोजना गर्दै नेपाल आउने कोरियाली पर्यटकहरुलाई राम्रो सेवा सुविधा र स्वस्थकर खानाका साथै कसरी सुरक्षा उपाय अपनाउने ? भन्ने बारेमा टुर गाइडहरुलाई तालिम दिइएको हो ।

Advertisement

कोटानका अध्यक्ष अमरबहादुर शाहीका अनुसार विशेषगरी कोटानसँग आबद्ध ट्रेकिङ तथा ट्राभल एजेन्सीका स्टाफहरुका लागि यो तालिम आयोजना गरिएको हो । फिल्ड स्टाफहरुलाई स्वस्थकर खाना तयार गर्नेबारे समेत तालिम दिइएको उनले बताए ।शाहीले थपे, ‘नेपालमा आउने ९० प्रतिशत कोरियाली पर्यटक सिधै नेपाली एजेन्सीमार्फत नै नेपाल आउने गर्छन् । जबकी अन्य देशमा आउने ५० प्रतिशत पर्यटक भारतका एजेन्सीहरुमार्फत आउने गरेको छ ।’

पर्यटन बोर्डका कार्यकारी सदस्य तथा कोटानका कोषाध्यक्ष ङावा ङिमा शेर्पाले कोरियाली पर्यटकहरुले पदयात्रा तथा आरोहणमा जाँदा कोरियन खाना नै खाने भएकाले कसरी हाइजिन व्यवस्थित गर्ने भन्नेबारे यो तालिमको आयोजना गरेको बताए । नेपाल कोरियाली पर्यटकहरुको आकर्षक गन्तव्य बने पनि पर्यटनमैत्री सरकारी नीति तथा योजनाका साथै भौतिक पूर्वाधारहरु नरहेको शेर्पाको भनाइ छ । हिमाल आरोहणमा कोरियाली पर्यटकहरु कम भए पनि पदयात्रामा भन्ने त्यतिकै आकर्षक रहेको र संख्या पनि बढेको उनले सुनाए । 

स्वस्थकर खाना तथा कोरियन खानाको बारेमा मास्टर सेफ सन्तोष साह, आङ दोर्जे शेर्पा लगायतले तालिम दिएका छन् । माउन्टन सेफिट एण्ड रेस्क्यूको बारेमा माउन्टन लिडर एण्ड इन्स्ट्रक्टर दावा टासी शेर्पा र क्लाइमिङ हिस्टरि, च्यालन्ज फर फिमेल क्लाइन्ट एण्ड एक्स्पडिशन बिहेभ्यरको बारेमा पहिलो महिला पर्वतारोहण प्रशिक्षक पासाङ ल्हामु शेर्पाले तालिम दिएका छन् । 

कार्यक्रममा नेपालका लागि कोरियाली राजदूत थे योङ पार्क, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी, पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइटेल सहभागी थिए । 

Advertisement

Advertisement