भगवती हाइड्रोको आईपीओ सोमबार बिहान बाँडफाँट हुने, कहाँ र कति बजे ?

Advertisement

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि भदौ ५ गतेदेखि ८ गतेसम्म निष्काशन खुला गरेको आईपीओ सोमबार बिहान बाँडफाँट हुने भएको छ । 

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बिहान ९ः३० बजे नारायणचौर, नक्साल स्थित कार्यालयमा आईपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । 

Advertisement

उक्त कम्पनीको आईपीओका लागि १३ लाख ८८ हजार १ सय १५ जनाले १ अर्ब ७७ करोड ५२ लाख २३ हजार ४ सय रुपियाँ बराबरको १ करोड ५३ लाख ३ हजार ६ सय ५० कित्ताका लागि आवेदन परेको हो । 

कम्पनीले ७ लाख १२ हजार २ सय २० कित्ता शेयर बिक्री गर्न लागेको हो । प्रतिशेयर रु. १०० अंकित मूल्यमा १६ रुपियाँ प्रिमियम थपेर प्रतिकित्ता रु. ११६ मा आईपीओ निष्काशन खुला गरिएको हो । 

सर्वसाधारणका लागि छुट्याइएको शेयर ७१ हजार २ सय २२ जनाले १०–१० कित्ता पाउने छन् ।  

कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ । 

कास्कीमा  ४.५ मेगावाट क्षमताको विजयपुर १ साना हाइड्रोपावर आयोजनाको निर्माण सम्पन्न गरी बिजुली उत्पादन गरिरहेको कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement