सिटिजन लाइफको आईपीओ भर्ने मंगलबार अन्तिम दिन

Advertisement

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले भदौ १५ गतेदेखि निष्काशन खुला भएको आईपीओ भर्ने भदौ १९ गते मंगलबार अन्तिम दिन हो । 

उक्त कम्पनीको आईपीओका लागि इच्छुक लगानीकर्ताहरुले मंगलबार कार्यालय समयभित्र आवेदन दिनु पर्नेछ । आज साँभ ५ बजेसम्ममा ११ लाख ७७ हजार ४८ जनाले  १ करोड २४ लाख ५० हजार १२० कित्ताका लागि आवेदन दिएका छन् । आवेदन पर्ने क्रम जारी छ ।  

Advertisement

कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपियाँको ३० प्रतिशत अर्थात १ अर्ब १२ करोड ५० लाख रुपियाँको आईपीओ बिक्री गर्न लागेको हो । 

प्रतिकित्ता रु। १०० अंकित मूल्यमा रु। १४४ रुपियाँ प्रिमियम थप गरेर रु. २४४ मा १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ बिक्री गर्ने भएको हो । 

कूल निष्काशन मध्ये ११ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । ५ लाख ६२ हजार ५०० कित्ता कर्मचारी र ५ लाख ६२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ९० लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन खुला गर्न लागिएको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले जनाएको छ ।  

सर्वसाधारणका लागि छुट्याइएको शेयर ९ लाख जनाले १०–१० कित्ताका दरले पाउने छन् । 

Advertisement

Advertisement