भारतसँगको सम्मानजनक प्रदर्शनसँगै एशिया कपबाट बाहिरियो नेपाल

Advertisement

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गतको समूह चरणको निर्णायक खेलमा भारतसँग पराजित हुँदै नेपाल बाहिरिएको छ । नेपालले राम्रो ब्याटिङ गरे पनि त्यो भारतलाई चुनौती दिन पर्याप्त हुन् सकेन् । बर्षाले पनि नेपाललाई साथ दिएन् । 

श्रीलंकाको क्याण्डीस्थित पालेकेले क्रिकेट रंगशालामा भएको खेलमा सोमबार क्रिकेटको जायन्ट भारतसँग नेपाल १० विकेटले पराजित भयो । भारतका लागि कप्तान रोहित शर्मा र शुबमन गिलले ब्याटिङबाट आफ्नो टिमलाई सजिलो विजय दिलाए ।

Advertisement

भारतले टस जितेपछि ब्याटिङ पाएको नेपालले ४८.२ ओभरमा २३० रनमा अलआउट भएको थियो । भारतले जवाफमा २.१ ओभरमा १७ रन बनाएको अवस्थामा खेल वर्षाले झन्डै २ घन्टा अवरुद्धको थियो । डकवर्थ लुइस पद्धतिमा भारतलाई २३ ओभरमा १४५ रनको लक्ष्य दिइएको हो । 

भारतका लागि रोहितले ७४ र गिलले ६७ रन बनाउँदै अविजित रहे । पहिलो पटक एसिया कप खेलेको नेपालका लागि निकै दबाब र नयाँ अनुभव थियो । गत बुधबार प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानसँग २३८ रनले पराजित भएको नेपाल समूहचरणबाटै बाहिरिएको छ । 

यससँगै समूह चरणबाट नेपाल बाहिरिएको छ भने भारत र पाकिस्तान सुपर फोरमा पुगेका छन् । भारतसँगको खेलमा आसिफ शेखले ८८ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । उनले ९७ बल खेली ८ चौका प्रहार गर्दै कुल ५८ रन बनाए । 

कुशल भुर्तेलले २५ बलमा ३८ रन बनाए । भीम सार्कीले १७ बल खेली ७ रन बनाए भने दीपेन्द्र ऐरीले २९ रन बनाए । सोमपाल कामीको ४८ रनमा नेपालले दुई सय रनको स्कोरलाई पार गरेको थियो ।

Advertisement

Advertisement