हाथवे इन्भेष्टमेन्टको आईपीओ आजदेखि निष्काशन खुला

Advertisement

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले आज भदौ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ । 

कम्पनीले जारी पूँजी १ अर्ब १७ करोड रुपियाँको १२.५० प्रतिशत अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपियाा बराबरको २९ लाख २५ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता ५० रुपियाँका दरले आईपीओ निष्काशन खुला गरेको हो । 

Advertisement

कूल निष्काशन मध्ये ५८ हजार ५ सय कित्ता कर्मचारीहरुका लागि, १ लाख ४६ हजार २५०  कित्ता सामूहिक लगानी कोषलाई र २ लाख ९२ हजार ५ सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँट गरिसकिएको छ । 

बाँकी २४ लाख २७ हजार ७ सय ५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । इच्छुक लगानीकर्ताहरुले न्यूनतम २० कित्तादेखि १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

Advertisement

Advertisement