सम्झौता पालना नगर्ने तत्व इन्भेष्टमेन्टसँगको वनकाली ओरालोको पार्किङ ठेक्का रद्द

Advertisement

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले बनकाली पार्किङ रद्द गरेको छ । विहिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयमा बसेको कोषको बैठकले पार्किङको ठेक्का रद्द गरेको हो । 

पशुपति क्षेत्र अन्तर्गत वनकाली ओरालो क्षेत्रमा रहेको पार्किङ तत्व इन्भेष्टमेन्ट एण्ड सर्भिस प्रालिले सम्झौता पालन नगरेको भन्दै ठेक्का रद्द गर्ने निर्णय गरिएको हो । 

Advertisement

सम्झौता अनुसार मासिक चार लाख ८३ हजार ३३ रुपियाँ कोषलाई भुक्तानी गर्नुपर्नेमा लामो समयसम्म बक्यौता बाँकी राख्नका साथै अन्य थुप्रै नियम उल्लंघन गरेको भन्दै एक महिना भित्र बक्यौता उठाउने र ठेक्का रद्द गर्ने निर्णय गरेको हो । कोषको बैठकले ठेकेदार कम्पनी तत्व इन्भेष्टमेन्ट एण्ड सर्भिस प्रालिको बैंक ग्यारेन्टी समेत जफत गर्ने निर्णय गरेको छ ।

ठेक्काको सम्झौताको शर्त नं ६ मा ‘बढीमा ३ महिना सम्मको भाडा तिर्न बाँकी राखेमा स्वतः कोषले सम्झौता रद्द गर्न सक्नेछ । तोकिएको समयमा भाडा नवुझाएमा सम्झौता रद्द गरी धरौट रकम समेत जफत गरी अन्य व्यवस्थाबाट पार्किङ सञ्चालन गरिनेछ’, भन्ने उल्लेख छ ।

कोषको आर्थिक प्रशासन शाखामा रहेको विवरण हेर्दा हालसम्म उक्त कम्पनीले कोषलाई बुझाउन बाँकी भाडा ३४ लाख ७४ हजार एक सय ११९ देखिएको छ । 

Advertisement

Advertisement