ब्रिटिस कलेजमा विज्ञान तथा ई–स्पोर्टसका उपकरणहरुको प्रदर्शनी आयोजना

Advertisement

काठमाडौं । द ब्रिटिस कलेजमा विज्ञान तथा ई–स्पोर्टसका उपकरणहरुको प्रदर्शनी आयोजना गरिएको छ । प्रदर्शनीमा १३ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । उनीहरुले १० किसिमका विज्ञानका उपकरणहरु प्रदर्शन गरेको कलेजको भनाई छ । 

त्यस्तै, कलेजमा पब्जी खेल ६४ वटा समूहले खेलेका छन् । प्रत्येक समूहमा पाँच जनाको सहभागीता रहेको थियो । अनलाइन सपिङ गर्ने सफ्वेयर जस्ता एप बिएसीमा अध्ययनरत विद्यार्थीहरुले तयार गरेर प्रदर्शनीमा राखेका थिए । उनीहरु कलेजको पाँचौ तहमा अध्ययनरत विद्यार्थीहरु हुन् ।

Advertisement

‘वाक्की टक्की’ जस्ता एक ठाउँमा बोलेको आवाज नजिकैको अर्को माइकमा सुन्ने किसिमको सफ्टवेर पनि प्रदर्शनीमा साइबर सेक्यूरीटी एण्ड डिजिटल फरेन्सिक फ्याकल्टिका चौथो तहका विद्यार्थीहरुले सफलरुपमा परीक्षण गरेका थिए ।

कार्यक्रम ई–स्पोर्टस भाद्र २०, २१ र २२ गते र विज्ञान प्रदर्शन २० र २१ गते आयोजना गरिएको हो । कलेजले पब्जी, फिफा र भेलोरेन्ट गेमका विजेता खेलाडी समूहलाई दिने कुल पुरस्कार राशी एक लाख रुपियाँ रहेको छ । कलेजले तीन विधामा खेल आयोजना गरिएकाले जम्मा तीन लाख रुपियाँ तीन वटा समूहलाई सोमबार दिइने छ । 

Advertisement

Advertisement