काठमाडौं । भुजुङ हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपियाँको दरले ५ लाख कित्ता आइपीओ निष्काशन गर्न गत भदौ १३ गते आवेदन दिएको सेबोनले आज सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
यसअघि नै कम्पनीले आइपीओ निष्काशनका लागि कुमारी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
सन् २०१५ मा स्थापित भुजुङ हाइड्रोले ७.५ मेगावाट क्षमताको रन अफ रिभर प्रकारको अपर मिडिम हाइड्रोपावर प्रोजेक्ट विकास गरिरहेको छ ।
आयोजनाको अनुमानित लागत ३९ करोड रहेको छ । यो आयोजना लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकामा अवस्थित छ ।