विश्व कीर्तिमानी आरोही स्लोभानियन दम्पतीले ‘ग्रेट हिमालयन ट्रेल’ को यात्रा गर्दै

Advertisement

विश्व कीर्तिमानी आरोही स्लोभानियन दम्पतीले ‘ग्रेट हिमालयन ट्रेल’को यात्रा गर्ने 

काठमाडौं । विश्व कीर्तिमानी स्लोभानियन आरोही दम्पत्तिले ‘ग्रेट हिमालयन ट्रेल’को यात्रा गर्ने भएका छन् । 

Advertisement

आइतबार नेपाल पर्वतारोहण संघले पत्रकार सम्मलेनको आयोजना गर्दै स्लोभानियन आरोही दम्पत्ति आन्द्रेज स्ट्रेम्फेल्ज र मारिजा स्ट्रेम्फेल्जलाई ‘ग्रेट हिमालयन ट्रेल’ यात्रा गर्न लागेका जानकारी दिएको हो । 

यात्रा कञ्चनजंगाबाट शुरु भएर हिल्सामा पुगेर अन्त्य हुने संघका अध्यक्ष निमा नरु शेर्पाले बताए । उनीहरुको यात्राले नेपालको पर्यटन क्षेत्रको प्रचार हुने र ग्रेट हिमालयन ट्रेलको अहिलेसम्म धेरै यात्रा नभएको अवस्थामा यो यात्राले सो पदमार्गको प्रचार प्रसारमा सघाउ पुग्ने शेर्पाले बताए ।  

स्ट्रेम्फेल्ज दम्पत्तिले यसअघि सन् १९९० मा एकै साथ सगरमाथा आरोहण गरेका थिए । उक्त सफल आरोहण गरी उनीहरुले विश्व कीर्तिमान पनि राख्न सफल भएका थिए । स्ट्रेम्फेल्ज दम्पत्तिको हिमालयन ट्रेलको यात्रा १३ सेप्टेम्बरबाट शुरु हुने र चार महिनामा सम्पन्न हुने जनाइएको छ । 

स्ट्रेम्फेल्ज दम्पत्तिले चार वटा आठ हजार मिटर अग्ला हिमालसँगै सफलतापर्वूक आरोहण गरिसकेका छन् । यी हिमालमा सगरमाथा, चो ओयु, धौलागिरी र ब्रोडपिक छन् । 

undefined
 

Advertisement

Advertisement