एक लाख २१ हजारलाई पर्ने हाथवे इन्भेष्टमेन्टको आईपीओमा १३ लाख २४ हजारको आवेदन

Advertisement

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले भदौ २१ गतेदेखि २५ गतेसम्म निष्काशन खुला गरेको आईपीओमा १३ लाख २४ हजार ४ सय ११ जनाको आवेदन परेको छ । 

आईपीओ भर्ने अन्तिम दिनको अन्तिम समय आज साँझ ५ बजेसम्म एक अर्ब ५६ करोड २८ लाख ४६ हजार रुपियाँ बराबरको ३ करोड १२ लाख ५६ हजार ९ सय २० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । 

Advertisement

कम्पनीले जारी पूँजी १ अर्ब १७ करोड रुपियाँको १२.५० प्रतिशत अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपियाँ बराबरको २९ लाख २५ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता ५० रुपियाँका दरले आईपीओ निष्काशन खुला गरेको थियो । 

कूल निष्काशन मध्ये ५८ हजार ५ सय कित्ता कर्मचारीहरुका लागि, १ लाख ४६ हजार २५०  कित्ता सामूहिक लगानी कोषलाई र २ लाख ९२ हजार ५ सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँट गरिसकिएको छ । 

बाँकी २४ लाख २७ हजार ७ सय ५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।  इच्छुक लगानीकर्ताहरुले न्यूनतम २० कित्तादेखि १ लाख कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था थियो । 

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ एक लाख २१ हजार ३ सय ८२ जनाले २०–२० कित्ता र ५ जनाले २१–२१ कित्ताका दरले आवेदन दिन सक्ने छन् । 

Advertisement

Advertisement