सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई हिमाल डेन्टलमा छुट दिने सम्झौता

Advertisement

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटलबीच बैंकका ग्राहक तथा बैंकका कर्मचारीलाई विभिन्न किसिमका डेन्टल सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र हिमाल डेन्टल हस्पिटलको तर्फबाट निर्देशक डा.राजेन्द्र भट्टले हस्ताक्षर गरेका छन् । 

Advertisement

सम्झौता अनुसार हिमाल डेन्टल हस्पिटलले बैंकका ग्राहक महानुभाव, तथा कर्मचारीहरुलाई विभिन्न किसिमका ओ.पि.डि, सर्जरी, औषधी तथा दाँतसँग सम्बन्धीत सम्पूर्ण उपचारमा २० प्रतिशत छुट प्रदान गर्नेछ । यसबाट कर्मचारी तथा ग्राहकहरुले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।
 

Advertisement

Advertisement