काठमाडौं। ६०.७१६ किलो सुन तस्करी प्रकरणमा केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी)ले ५२ जनालाई प्रतिवादी बनाएको छ।
साउन २ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक सु सुन भएको भेटिएपछि राजस्व अनुसन्धान विभागले १९ दिनसम्म अनुसन्धान गरेको थियो। यसपछि अनुसन्धानको जिम्मा सिआइबीले पाएको थियो ।
विभागले पक्राउ गरेक १९ जना र सिआईबीले पक्राउ गरेको १३ जना गरी ३२ जना सरकारी वकिल कार्यालयलाई बुधबार बुझाएको छ। यसैगरी १८ जान भने प्रहरीले समात्न नसकेको बताएको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ८ जना कर्मचारीहरु रहेका छन् । भन्सार र कार्गो एजेन्ट गरी ७ जना रहेका छन् ।
ट्याक्सी चालक १, भाषा अनुवादक/ कोठा खोज्ने १ जना र कम्पनी खडा गर्ने/ र मा वस्तु व्यवस्थापक गर्ने २ जना रहेका छन् । यसैगरी सुन कारोबारमा संलग्न भने ३२ जना रहेका छन् ।
पक्राउ परेका यी व्यक्तिहरुलाई ६ वटा ऐन र १ वटा संहिता गरी ७ वटा कानुन विरुद्धको मुद्दा चलाइने भएको छ। प्रहरीले भन्सार ऐनको दफा ५७ (१) (घ) को १ (ख), संगठित निवारण ऐन २०७०, नेपाल राष्ट्र बैंक ऐन २०५८, मुलुकी अपराध संहिता २०७४ नेपाल नागरिता ऐन २०६३ राहदानी ऐन २०७६ र अध्यागमन ऐन २०४९ अनुसार मुद्दा चल्नेछ ।