काठमाडौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश हमालले शेयर बजारको विकासका लागि बोर्ड लागि परेको बताएका छ्न् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आज आयोजना गरेको ‘आर्थिक मन्दीमा पूँजीबजारको सम्भावना र चुनौती’ विषयमा छलफलमा बोल्दै अध्यक्ष हमालले सेबोन बजारको विषयमा गम्भीर रहेको बताए ।
उनले भने, ‘सेबोनमा जे काम हुन्छ । हामीले गहन छ्लफल गर्छौं । अर्थतन्त्र बिग्रेको छैन । रिकभरिको पार्टमा छौं । पहिले लिक्विडिटी छैन भनिन्थ्यो अहिले राम्रो छ । नेपाली समाज अलि छिटो आत्तिने र मात्तिने खालको छ । अहिले नभएको भनेको धैर्य हो । मैले गर्न खोजेको अर्थतन्त्रलाई राम्रो बनाउने नै हो ।’
सेबोनको टिमले धेरै काम गरेको छ । राईट शेयरबारे पनि हामी नयाँ विषयमा काम गर्न खोजिरहेका छौं । हमालले थपे, ‘यो बारेमा सम्पूर्ण विषय नबुझी अघि बढ्दैनौं ।’ ‘हामी चाहान्छौं कारोबार रकम बढोस्’, उनले भने ।
‘सबै साथीहरू मिलेर अघि बढ्नुपर्छ । १० कित्ताको नीतिले केही असर परेको छ । तर यसले गर्दा हामीले जनजनमा सेयर बजार पुर्याई छौं । टिएमएस प्रणालीको बारेमा मुद्दा हाल्नुस् । त्यसमा अनुसन्धान गर्छौं ।’
१० वर्ष इतिहास भएको कम्बोडियाको मार्केटमा २० प्रतिशत लगानी छ । तर हामी गैर आवासीय नेपालीलाई ल्याउन निक्कै कठिन छ । प्रिमियममा शेयर जाँदा समस्या आउन थालेको छ । उनले भने, ‘अन्डरराइटिङले तोकेको मूल्यभन्दा अलि कममा बिक्री गर्नुपर्ने हुन्छ । कम्पनीहरु एकैपटक माथी जान खोज्दा समस्य भयो ।’