चौबीस कम्पनीले अझै बुझाएनन् गतवर्षकै वित्तीय विवरण, कुनले कहिले बुझाए ? (सूचीसहित)

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा सूचीकृत २२७ कम्पनीमध्ये २४ वटाले अझैसम्म पनि गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको वित्तीय विवरण बुझाएका छैनन् । 

हालसम्म पनि वित्तीय विवरण नबुझाउने कम्पनीहरु मध्ये जलविद्युत समूहका सबैभन्दा बढी ११ वटा छन् । ३ वटा विकास बैंक, २ वटा वित्त कम्पनी, ६ वटा लघुवित्त कम्पनी, १ वठा अन्य र १ वटा ट्रेडिङ समूहका कम्पनीले वित्तीय विवरण नबुझाएको सेबोले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । 

Advertisement

त्यस्तै ढिलो गरी वित्तीय विवरण बुझाउने ६४ वटा कम्पनी छन् भने १३९ वटाले समयभित्रै वित्तीय विवरण बुझाए । वाणिज्य बैंक १९ वटैले समयमै वित्तीय विवरण बुझाए भने अन्य ११ समूहकै कम्पनीहरु समयमै वित्तीय विवरण बुझाउन चुकेको सेबोनले उल्लेख गरेको छ । 

वाणिज्य बैंक १९, विकास बैंक १२, वित्त कम्पनी १३, होटल ३, जलविद्युत ४१, लगानी कम्पनी ३, जीवन बीमा कम्पनी ६, म्यानुफेक्चरिङ कम्पनी २, निर्जीवन बीमा कम्पनी ७, अन्य १ र ट्रडिङ कम्पनी १ वटाले मात्रै समयमै वित्तीय विवरण बुझाए । 

undefinedundefinedundefinedundefinedundefinedundefined
 

Advertisement

Advertisement