काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले बिटा एनालिटिक्स प्रालिको सहकार्यमा पूँजी बजार साक्षरता सुधार गर्न र युवा पुस्तालाई सशक्तिकरण गर्न सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालगञ्ज, सुर्खेत, र धनगढीका विभिन्न कलेजहरूमा लगानी सचेतना सम्बन्धि तालिम सम्पन्न भएको हो ।
उक्त कार्यक्रमबाट क्यापिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व सीएसआर पूरा गर्नुका साथै नयाँ पुस्तालाई पूँजी बजार सम्बन्धमा साक्षर बनाउन र शेयर बजार लगानी सम्बन्धि व्यावहारिक तथा आधारभुत ज्ञान प्रदान गर्न सफल भएको बताएको छ ।
लगानीकर्ता सचेतना कार्यक्रम देशको सात वटै प्रदेशमा गर्ने कार्यकारी प्रमुख बिजयलाल श्रेष्ठले जानकारी दिए । यस अभियानको नेतृत्व सनराइज क्यापिटलका इन्भेस्टमेन्ट बैंकिङका प्रमुख विनोद आलेले गरेका थिए ।