दशैंका लागि अग्रिम टिकट बुकिङ खुला हुँदै, केहि दिन रुट परमिट पनि खारेज गरिने !
फाइल तस्बिर

Advertisement

काठमाडौं । दशैंका लागि सडक यातायाततर्फ अग्रिम अनलाइन टिकट बुकिङ खुला गर्ने तयारी गरिएको छ । यातायात व्यावस्था विभागले बुकिङ खुलाउन तयारी गरेको हो ।

सोमबार यातायात व्यावसायीलाई बुकिङ खुला गर्ने विषयमा छलफल गर्न बोलाएको विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिए । 

Advertisement

महानिर्देशक रिजालले कर्पोरेट नेपालसँग भने, ‘दशैंमा घर दोहोरदोहोर गर्ने यात्रुलाई मध्यनजर गर्दै अग्रिम टिकट बुकिङ खुलाउन व्यावसायीलाई बोलाएका छौं, सोही छलफलबाट आवश्यक निर्णय हुनेछ।’

प्रत्येक वर्ष दशैंको समयमा यातायात व्यावस्थापन चुनौतिपूर्ण बन्ने गरेको छ । एकैपटक ठूलो संख्यामा उपत्यका छाड्ने मानिसहरुको संख्या बढ्दा यातायात व्यवस्थापन चुनौतिपूपुर्ण हुने गरेको छ । 
 
यो वर्ष  पनि यातायात व्यवस्थापन मिलाउन विभागले पहल सुरु गरेको हो । यो वर्ष पनि धेरै चाप हुन गए रुट परमिट खारेज गर्ने निर्णय समेत गर्नेछ । 

विभागसँग छलफल गरेर अग्रिम टिकट बुकिङबारे निर्णय गर्ने व्यवसायी सरोज सिटौलाले जानकारी दिए । 

Advertisement

Advertisement