भृकुटीमण्डपमा दशैं जुत्ता मेला सञ्चालन, ५० प्रतिशतसम्म छुट पाइने

Advertisement

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा दशैं जुत्ता मेला सञ्चालन भइरहेको छ । विभिन्न १० वटा कम्पनीहरुको संयुक्त आयोजनामा मेला सञ्चालन भएको हो । 

दशैं पर्वलाई लक्षित गरी भारी छुटको सुविधासहित मेला आयोजना गरिएको आयोजक सबिन कार्कीले जानकारी दिए । मेलामा १० देखि ५० प्रतिशतसम्मको छुटमा जुत्ता चप्पल खरिद गर्न सकिने छ । 

Advertisement

मेलामा ३० भन्दा बढी ब्राण्डका झण्डै २ हजार मोडलका जुत्ता चप्पल उपलब्ध रहेको सञ्चालक रुद्र न्यौपानेले जानकारी दिए । उक्त मेला दशैं मेला कात्तिक ४ गतेसम्म सञ्चालन हुनेछ । 

मेलामा शिखर सुज, रन सुज, बाम्बो सुज, सु ल्याण्ड वान वर्ल्ड, भेनस सुज, पिजि सुज, हिमानी सुज, बोस सुज, फुट स्टेपको सहभागिता छ ।

पुरुष, महिला र बालबालिकाका लगायत सबैका लागि उपयुक्त जुत्ता चप्पल मेलामा पाइने सञ्चालक सुरज बञ्जाडेले जानकारी दिए ।

Advertisement

Advertisement