कुलेश्वरमा लुकाएर राखिएको ७० हजार किलो चिनी ‘सिल’, गुणस्तर परीक्षण गर्न पठाइयो

Advertisement

काठमाडौं । कुलेश्वरका एक व्यावसायीले गोदाममा लुकाइराखेको ७० हजार किलो चिनी सिल गरिएको छ । वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले गत बिहिबार उक्त चिनी सिल गरेको हो । 

काठमाडौं जिल्ला प्रमुख अधिकारी जितेन्द्र बस्नेत, विभागका महानिर्देशक तीर्थराज चिलुवाल लगायतको टोलीले अनुगमन गरी सिल गरेको हो । टोलीले विशेष सूचनाको आधारमा गोदाममा सिल गरेको विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले जानकारी दिए । 

Advertisement

विभागका निर्देशक समेत रहेका पोखरेलले  कर्पोरेट नेपालसँग भने, ‘विषेश सूचनाको आधारमा गत बिहिबार विभाग र प्रमुख जिल्ला अधिकारीको टोलीले सिल गरेको छ, चिनी चामल दालको गोदाममा सिल गरिएको हो, चिनीको गुणस्तर र लेबलिङमा शंका गरेका छौं ।’

निर्देशक पोखरेलका अनुसार चिनीको गुणस्तर परीक्षण गर्नका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग पठाइएको छ । विभागले चिनी व्यावसायी र फर्मको परिचय गोप्य राखेको छ । पछिल्लो समय चिनीको मूल्य वृद्धि भैरहेको छ । 

अर्थमन्त्री प्रकाशशरण महतले बजेटबाट चिनीको भन्सार महसुल ४० प्रतिशतबाट ३० प्रतिशतमा झारेका थिए । तर व्यावसायीले भने चिनीको मूल्य वृद्धि गरिरहेका छन् । बजारमा महँगी बढेसँगै विभागलाई अनुगमन तीब्र बनाउन उद्योगमन्त्री रमेश रिजाललले निर्देशन दिएका छन् । 

Advertisement

Advertisement